FLASH NEWS

धुनिबेशीमा सुरक्षित आप्रवासन र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ३, मंगलबार (११ महिना अघि)
  • ३७६

    Shares

धुनिबेशीमा सुरक्षित आप्रवासन र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धुनिबेशी (धादिङ) : सुरक्षित आप्रवासन र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले धुनिबेशी नगरपालिका सभाहलमा मंगलबार एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा आयोजित कार्यक्रममा धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले वैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै ठाउँमा रोजगारी र आयआर्जनका अवसरहरू खोज्न युवाहरुलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “समूह बनाएर कृषि, जलविद्युत् (हाइड्रो), फर्निचर लगायतका क्षेत्रमा उद्यम गर्न सकिने सम्भावना नगरपालिका भित्र नै प्रशस्त छन्। यस्तो खालको पहलमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार छ।”
नगर प्रमुख आचार्यले युवाहरूलाई कृषि प्राविधिक शिक्षाको अवसर लिन समेत आग्रह गर्नुभयो। उहाँले नगरपालिका भित्रै प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय सञ्चालनमा रहेको जानकारी गराउँदै सीप विकासका कार्यक्रममा सहभागी हुन युवालाई प्रेरित गर्नुभयो।
यदि वैदेशिक रोजगारीमा जानै पर्ने अवस्था भएमा जाने देशको भाषा र आवश्यक सीप सिकेर मात्र जानुपर्नेमा पनि उहाँले विशेष जोड दिनुभयो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख, धुनिबेशी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ध्रुवकुमार अधिकारी, धुनिबेशीका युवाहरू तथा सरोकारवालाहरूको  उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस