FLASH NEWS

यी स्थानमा भैरहेको छ वर्षा, दिउँसो को मौसम कस्तो रहला? हेर्नुस्

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १८, बिहिबार (१ साल अघि)
  • ३८२

    Shares

यी स्थानमा भैरहेको छ वर्षा, दिउँसो को मौसम कस्तो रहला? हेर्नुस्

काठमाडौं : पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।

 

 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।

राति देशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस