FLASH NEWS

पेट्रोलमा र डिजेलको मूल्य घट्यो,सूचीसहित

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ३, आईतबार (१ साल अघि)
  • ७५६

    Shares

पेट्रोलमा र डिजेलको मूल्य  घट्यो,सूचीसहित

काठमाडौँ :  नेपाल आयल निगमले शनिवार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको छ।

निगमले शनिवार मध्यरातदेखि लागू हुने गरी यो मूल्य समायोजन गरेको हो। यस समायोजन पश्चात्, काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ।

निगमको अनुसार, इन्डियन आयल कर्पोरेसनबाट १५ मार्च २०२५ मा प्राप्त नयाँ खरिद मूल्यमा आएको कमी अनुसार यो निर्णय गरिएको हो। यो मूल्य समायोजन निगमको सञ्चालक समितिको निर्णय अनुसार गरिएको जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस