FLASH NEWS

पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १, शुक्रबार (१ साल अघि)
  • ६०५

    Shares

पश्चिमी र स्थानीय वायुको प्रभाव, आज  यी तीन प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस