FLASH NEWS

आज सातै प्रदेशमा वर्षाको सम्भावना, यी स्थानमा हुनेछ हिमपात

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ पौष १३, शनिबार (१ साल अघि)
  • ५२१

    Shares

आज सातै प्रदेशमा वर्षाको सम्भावना, यी स्थानमा हुनेछ  हिमपात

पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा ​हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना छ। त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस