FLASH NEWS

छत्रेदेउराली सामाजिक उद्यमि महिला सहकारी संस्था लि को नवौं वार्षिक साधारण सभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर २२, शनिबार (१ साल अघि)
  • ६७६

    Shares

छत्रेदेउराली सामाजिक उद्यमि महिला सहकारी संस्था लि को नवौं वार्षिक साधारण सभा सम्पन्न

 धुनिबेशी:     छत्रेदेउराली सामाजिक उद्यमि महिला सहकारी संस्था लि को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ डुम्रे चौरमा रहेको सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।

सभामा सहकारीका अध्यक्ष नरमाया तामाङले अध्यक्षको प्रतिवेदन , सचीव उर्मिला कोइराला , लेखा समितिको प्रतिवेदन लेखा समितीको संयोजक पम्फी तामाङ , ऋण उप समिती संयोजक मेनुका कुवरले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

धुनिबेशी २ का वडा अध्यक्ष लक्ष्यजित तामाङको प्रमुख आथित्यतामा भएको उक्त सभामा विशेष अतिथिमा धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बाशु बास्कोटा , धुनिबेशी सहकारी बिभागका प्रमुख अजित यादव धुनिबेशी १ का वडा सदस्य बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्तिती रहेको थियो।

सहकारीको साधारण सभाको अवसरमा सस्थाले बिभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण समेत गरेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस