FLASH NEWS

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा बृहत् आँखा जाँच शिविर सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १३, बिहिबार (६ दिन अघि)
  • ८२

    Shares

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा बृहत् आँखा जाँच शिविर  सम्पन्न

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिकामा बृहत् आँखा शिबिर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम भएको छ । कोही नहोस् अन्धकार, दृष्टि हाम्रो अधिकार भन्ने मुल नाराका साथ बेनीघाट रोराङ गाउँपालिकालाई दृष्टिविहीनतामुक्त बनाउने उदेश्यसहित शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष विवेक थपलियाले जानकारी दिनुभयो ।

शिबिरमा भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग, नेपाल नेत्रज्योति संघको औषधि र अन्य सामग्री सहयोग तथा डा मारिया गौतमको सहयोग रहेको आयोजकले जनाएको छ । बेनिघाट रोराङ गाउँपालिकाको बृहत् योजना अन्र्तगत सुरुवात गरिएको यस योजनाले सार्थकता पाउनेमा आशावादी रहेको प्रमुख प्रसाशसकिय अधिकृत नर्वदा घिमिरेले जाकारी दिनुभयो । शिविर बेनिघाट रोराङ गाउँपालिकाभरि रहेका सबै वडाहरुमा सञ्चालन गरिएको थियो ।

जसमा आँखा जाँच गराउनेमा १०२९ जना रहेका थिए भने शल्यक्रियाका लागि सिफारिस भएको १ सय ८६ जना रहेका थिए ।
शल्यक्रियामा सहभागी हरुलाई यातायात, खाना, र बसोबासको व्यवस्था गाउँपालिकाले गरेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस