FLASH NEWS

धार्क्रेमा गरे  ७७ जनाले रक्तदान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २९, बिहिबार (१ साल अघि)
  • ४८३

    Shares

धार्क्रेमा गरे  ७७ जनाले रक्तदान

धादिङ :    शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा बिहिबार रक्तदान कार्यक्रम गरेको छ ।

सोही अभियान अन्तर्गत कम्पनीको नौविसे शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सहभागितामा ७७ पिन्ट रगत संकलन भएको हो ।

धुनिवेशी ६ धार्के बजारमा भएको रक्तदानमा ७० पुरुष र ७ महिला गरि ७७ जनाले रक्तदान गरेको शिखर इन्स्योरेन्स कम्पनी नौविसे शाखाका प्रमुख विवेक भण्डारीले जानकारी बताउनु भएको छ ।

हाल विद्यमान रगत अभावको समस्यालाई मध्यनजर गर्दै बिरामीको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नौबिसे शाखा प्रमुख भण्डारीले टोलटोलको खबर डट कम सीताको कुराकानीको क्रममा बताउनु भयो।

विगतको दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रम हरु गर्दै आइरहेको र भोलिका दिनहरुमा पनि सस्थाले यस्ता सामाजिक कार्यक्रम हरु गर्ने भण्डारीले बताउनु भयो।

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस