FLASH NEWS

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा बहिनीहरूबाट टीका ग्रहण

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक १८, आईतबार (१ साल अघि)
  • ३५५

    Shares

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा बहिनीहरूबाट टीका ग्रहण

धादिङ :   राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनु भएको छ।

राष्ट्रपति पौडेललाई उहाहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनु भएको हो । उहा हरुले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो। यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस