FLASH NEWS

एमाले धादिङको इन्चार्जमा खेम लोहनी

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १८, शुक्रबार (१ साल अघि)
  • ४२५

    Shares

एमाले धादिङको इन्चार्जमा खेम लोहनी

१८ साउन ,धादिङ : नेकपा एमालेले डा.खेम लोहनीलाइ धादिङको इन्चार्जको जिम्मेवारी दिएको छ।

बिहीबार बसेको केन्द्रिय पार्टी सचिवालय बैठकले इन्चार्जमा डा.लोहनीलाई चयन गरेको हो। यस अघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यस्लाई परिवर्तन गर्दे बैठले भूगोलका आधारमा डा. लोहनीलाई धादिङको इन्चार्जको जिम्मेवारी दिएको हो । लोहनी यस अघि सिन्धुली जिल्लाको इन्चार्ज रहनु भएको थियो।

जिल्लाका अर्का केन्द्रिय सदस्य जानुका सिम्खडालाई धादिङ क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी दिएको छ भने धादिङका नेता देवप्रसाद त्रिपाठीलाई पार्टीले केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन गरेको छ ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस