FLASH NEWS

आजको मौसम यस्तो छ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
  • ३३२

    Shares

आजको मौसम यस्तो छ

३० साउन २०८०।      मंगलबार कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।बागमती , कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एकदुईस्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

आज बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले भारी वर्षाका कारण हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस