FLASH NEWS


प्रमाणपत्र कीर्ते प्रकरणमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १६०

    Shares

प्रमाणपत्र कीर्ते प्रकरणमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

 २९ साउन २०८०:      प्रमाणपत्र किर्ते गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले ६ जना बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएको छ । नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा सिटिजन्स बैंक अन्तर्गतका विभिन्न शाखामा कार्यारत ६ जना कर्मचारीलाई नियन्त्रण्मा लिइएको हो । पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार मास्के बुटवलस्थित ड्राइभर टोल शाखा, ज्ञवाली मनिग्राम ब्रान्च, खत्री र रेग्मी कालीका नगर शाखामा कार्यरत कर्मचारी हुन् । त्यस्तै गौतम बुटवल शाखामा कार्यरत बैंकका कर्मचारी रहेका ढुंगेलले बताउनुभयो । यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पनि प्रमाणपत्र किर्ते गरेको आरोपमा एक सांसद सहित ८ जना चिकित्सकलाई पक्राउ गरेको थियो । तीमध्ये एकजना सक्कली डाक्टर रहेको खुलेपछि सीआइबी विवादमा तानिएको छ । सांसद शुनिल शर्मालाई भने जिल्ला अदालतको आदेशानुसार रिहा गरिएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस