FLASH NEWS


सप्तकोशी नदीमा पानीको बहाव खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलियो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • २११

    Shares

सप्तकोशी नदीमा पानीको बहाव  खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलियो

२९ साउन ,२०८० ।      सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।

आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनु भयो । पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाएको उहाले बताउनु भयो ।

‘हामी राति १२ बजे अनुगमनका लागि पुगेका थियौँ’, उहाले बह्न्नु भयो पानी खतराको तहभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।’ यससँगै सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

तर अहिलेसम्म क्षतिको विवरण नआएको खतराको तह घट्दै जाने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो । पानीको सतह बिहान ९ बजेसम्म‍मा घट्दै जाने जानकारी पाएको उहाले बताउनु भयो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस