FLASH NEWS


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पालिका स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न ,सुजता पौडेल प्रथम

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २७, शनिबार (१ साल अघि)
  • ९१०

    Shares

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पालिका स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न ,सुजता पौडेल प्रथम

थाक्रे       आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
धादिङको थाक्रे गाउपालिका ११ बालुवाफाटमा रहेको चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स धादिङ)को आयोजना तथा ब्रोट. फर द वर्ल्डको आर्थिक सहयोगमा संस्थागत विकास सञ्जाल र सिड्स धादिङको साफेदारीमा सञ्चालित दिगो विकासका लागि साझेदारी सवलिकरण परियोजना अन्तर्गत थाक्रे युवा परिषदको संयोजनमा पालिका स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता भएको छ।

पालिका स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सुजता पौडेल प्रथम, संगिता रिमाल द्वितीय,ज्ञानी आले तृतीय र लक्ष्मी बिडारी सान्त्वना हुनु भएको छ। प्रथम,द्वितीय,तृतीय र सान्त्वनाहुनेलाई नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
पालिका स्तरीय युवा परिषद थाक्रेका संयोजक विनिता चेपाङको संयोजक्त्वमा भएको कार्यक्रममा १२ जना सहभागीले भाग लिएका थिए ।
(समृद्ध नेपालका लागि स्वस्थ, मिहिनेती र उद्यमशिल युवा) भन्ने नाराको साथ् गरिएको उक्त कार्यक्रममा सिडस, धादिङका अध्यक्ष माधव प्रसाद खतिवडा,कृष्ण प्रसाद अर्याल , थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडा ,सिडस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगाएत युवा हरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस