FLASH NEWS

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २७, शनिबार (२ साल अघि)
  • ४११

    Shares

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

२७ साउन ,२०८०।   आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती,कोशी, मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

शनिवार राति देशभरदेखि पूर्ण बदली रहनेछ। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस