FLASH NEWS

ईलाका प्रहरी कार्यालय खानीखोला परिसरमा डेङ्गी नियन्त्रणको लागी औषधी छरियो।

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २६, शुक्रबार (२ साल अघि)
  • ८१२

    Shares

ईलाका प्रहरी कार्यालय खानीखोला परिसरमा डेङ्गी नियन्त्रणको लागी औषधी छरियो।

२६ धार्के, राजाराम डंगोल ।   ईलाका प्रहरी कार्यालय खानीखोला परिसर वरपर डेङ्गी रोकथाम तथा नियन्त्रणको लागी औषधी छरिएको छ ।
शुक्रबार नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङको सहकार्यमा ईलाका प्रहरी कार्यालय खानीखोला कार्यालय परिसर वरपर  औषधी छरिएको हो  त्यस्तै महादेबबेशी चौकी ,सिम्ले, गल्छी ,बैरेनी ,गजुरी चौकी , धार्के बजार,चालिसे बजार  लगाएत अन्य अस्थाई प्रहरी पोस्टहरुमा पनि डेङ्गी रोग रोकथाम तथा नियन्त्रणको लागी औषधी छरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्र.नि.डबल बहादुर बमले टोल टोलको खबरलाई जानकारी दिनु भयो।
हाल धादिङमा दिन दिनै डेङ्गी सङ्क्रमणको दर बढ्दै जान थालेपछि अहिले बिभिन्न स्थानीय तह तथा संघ सस्थाहरुले डेङ्गी रोकथाम तथा नियन्त्रणको लागी बिभिन्न सचेतना कार्यक्रमहरु गर्दै आइरहेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस