FLASH NEWS

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १५, सोमबार (२ साल अघि)
  • ३४९

    Shares

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

 १५ साउन , २०८०     आज बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमवार राति देशभर सामान्य बदली रहनेछ । बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले मेघगर्जन, चट्याङसहित भारी वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने,बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोप, कृषि, दैनिक जनजीवन, सडकमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस