FLASH NEWS


लुम्बिनीमा एमालेबाट दलको नेतामा गिरी र उपनेतामा आचार्य चयन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ पौष १७, आईतबार (१ साल अघि)
  • ४५

    Shares

लुम्बिनीमा एमालेबाट दलको नेतामा गिरी र उपनेतामा आचार्य चयन

नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज लिला गिरीलाई छानेको छ । त्यसैगरी उपनेतामा चेतनारायण आचार्य छनौट हुनुभएको छ ।

आइतबार देउखुरीमा शपथ ग्रहणपछि बसेको बैठकले उनीहरुलाई सर्वसम्मत छानेको सांसद भुमिश्वर ढकालले बताउनुभयो । गिरी रुपन्देही रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँचीको १ बाट निर्वाचित हुनुभएको हो । यसअघि दुवै जना दलको नेतामा आकाङ्क्षी भए पनि नेतृत्वले सहमतिमा टुङ्गाएको हो । उहाँहरू दुवै जना पूर्वमन्त्री हुनुहुन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस