FLASH NEWS

कालीदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २०, मंगलबार (३ साल अघि)
  • ५४६

    Shares

कालीदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धुनिबेशी –   धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ गौचरणमा रहेको कालिदेवी आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब काठमाण्डौँ धुनिवेशीको आयोजना र सेञ्चुरी बैँक धार्के शाखाको सहयोगमा सोमबार  विद्यालयका १सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।


बागमती प्रदेश साँसद मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाको उपमेयर सुरज उप्रेती, वडा अध्यक्ष रमेश आचार्य, विद्यालयका प्रधानाध्यापक अर्जुन आचार्य लगायत लायन्स क्लब काठमाण्डौँ धुनिवेशीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

फोटो अर्जुन आचार्य

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस