FLASH NEWS

धादिङको बजार अनुगमन तिब्रः थप ६ फर्मलाई कारबाही, ५० हजार जरिवाना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ११, मंगलबार (३ साल अघि)
  • २२४

    Shares

Post Thumbnail

बजार अनुगम समितिले मापदण्द विपरित संचालनमा आएका पृथ्वी राजमार्ग क्षेत्रका ६ वटा पसललाई कार्वाही स्वरुप जरिवाना गराएको छ । गजुरी र बेनीघाट रोराङ तथा सिद्धलेक बैरेनीमा सञ्चालित होटल,खाजा घर,कोल्ड स्टोर्स तथा सप्लायर्सहरू अनुगमनको क्रममा ४ वटा होटल तथा खाजा घरहरू, ८ वटा सप्लायर्स,किराना पसल गरी १२ वटा फर्महरू अनुगमन गर्दा ६ वटा कार्वाहीमा परेका हुन् ।

अनुगमनका क्रममा करिब १५ हजार छ सय रुपैयाँ बराबरको म्याद गुज्रेकारसडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु जफत गरी नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका निम्न फर्महरुलाई नगद जरिवाना गरिएको थियो। जरिवाना पर्ने हरुमा  होटल तीन भाइ, बेनीघाट रोराङ ३, शीतल बजार रू.१०,०००।- जरिवाना,भैरवीनाथ भोजनालय, बेनीघाट रोराङ– ३, शीतल बजार रू.२००००।- जरिवाना ,श्रवण होटल, बेनीघाट रोराङ – ३, शीतल बजार रू.५,०००।- जरिवाना, दनै सप्लायर्स, गजुरी– २, मलेखु रू.५,०००।- जरिवाना, रावल सप्लायर्स, गजुरी– २, मलेखु रू. ५,०००।- जरिवाना, वारीपारी इन्टरप्राइजेज, सिद्धलेक– १ , बैरेनी रू. ५,०००।- जरिवाना  गरिएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस