७९
Sharesधादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ मा रहेको बच्छलादेवि युथ क्लवले सी डिभिजन छनोट लिग खेल्ने भएको छ । यहि असोज १ गते देखि हुने राष्ट्रिय लिग (सी डिभिजन) क्वालिफायरमा प्रतिस्पर्धा गर्ने क्लवका कोषाध्यक्ष सागर हमालले बताएका छन् ।
सबै कागजी प्रक्रिया पुरा भैसकेकोले खेलाडी छनोटमा लागेको उनको भनाई छ । धादिङका कोहि खेलाडी यस लिग खेल्न चाहेमा तत्काल क्लवमा सम्पर्क गर्न समेत हमाले आग्रह गरेका छन् ।
गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगनशिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए पनि छनोटमा भने पर्न सकेका थिएनन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने यस प्रतियोगिताको छनोटपछि शीर्ष तीन क्लब सी डिभिजनमा बढुवा हुने बताईएको छ ।
Nagarikpati बाट