FLASH NEWS

मतदाता नामावलीमा भदौ १२ देखि १९ गतेसम्मका लागि दावी बिरोधको समय।

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ श्रावण २५, बुधबार (३ साल अघि)
  • ४०२

    Shares

मतदाता नामावलीमा भदौ १२ देखि १९ गतेसम्मका लागि दावी बिरोधको समय।

मंसिर ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी बिरोधको प्रकृया प्रारम्भ गर्ने भएको छ ।

आयोगले एक सूचना जारी गर्दै मतदाता नामावलीका विषयमा भदौ १२ देखि १९ गतेसम्मका लागि दावी बिरोधको समय दिइएको जनाएको छ । उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने लगायका विषयहरु कार्यक्रममा समावेश गरिएको जनाएको छ ।

तोकेको समयमा नामावली अद्यावधिक (दाबी बिरोध) कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस