FLASH NEWS

जिम्मेवारीले कुरा गरेर होइन काम गरेर देखाउनु : राजेन्द्र गौतम

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ फागुन ११, आईतबार (१ साल अघि)
  • ४१७

    Shares

जिम्मेवारीले कुरा गरेर होइन काम गरेर देखाउनु : राजेन्द्र गौतम

चितवन :   नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जिम्मेवारीमा पुगेका मानिसले कसरी काम गरिरहेका छन् भन्ने कुरा जनताले हेरिरहेका बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनुभएको गौतमले जिम्मेवारीले कुरा गरेर होइन काम गरेर देखाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘काम गर, अनि विश्वास जित, अरू उपाय छैन’, उहाँले भन्नुभयो ।

पत्रकारको लागि सरकारले संरक्षणको काम गर्नुपर्ने बताउनुभयो । ‘वडाध्यक्षदेखि माननीयसम्म जित्न पत्रकार चाहिने, जितेपछि पत्रकारसँग भेट नै नहुने प्रवृत्ति गलत छ, यसमा सुधार हुनुपर्छ’, उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाललाई व्यवस्थित र जबाफदेही बनाउन सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक आएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा जे लेखे पनि जवाफ दिनु नपर्ने स्थितिको अन्त्य गर्नु पर्नेमा गौतमले जोड दिनुभयो ।

नेपाल पत्रकारितामा अहिले पुँजीविहीनता र कन्टेन्टको अभाव ठुलो चुनौतीका रूपमा देखिएका बताउनुभयो । मिडियाको विकासका लागि राज्यले योगदान गर्नुपर्ने बेला आएको गौतमले स्पष्ट पार्नुभयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस