FLASH NEWS

नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज धादिङले मनायो स्थापना दिवस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ४, बिहिबार (१ साल अघि)
  • ६२२

    Shares

नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज धादिङले मनायो स्थापना दिवस

धादिङ : नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धादिङले आफ्नो ३७ औँ स्थापना दिवस मनाएको छ ।

बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय कार्यकर्ता भेला गरी शुभकामना आदान प्रदान,संस्थापक सदस्य सम्मान लगाएतको कार्यक्रमको आयोजना गरी मनाएको हो ।

कार्यक्रमको अवसरमा मुक्ति समाज धादिङका संस्थापकहरु,गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको निर्वाचनबाट अध्यक्ष पदमा नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारी, दलित समुदायबाट निर्वाचित सदस्यद्धय अनिल कुमार नेपाली र शुसिला विश्वकर्मालाई सम्मान गरिएको थियो।

भेलाले आयोजक कमिटी समेत गठन गरेको छ ।गल्छीका राम बहादुर विकको संयोजकत्वमा ५१ सदस्यीय आयोजक कमिटी गठन गरिएको हो ।जसको सह संयोजकमा राम बहादुर गैह्रे, सचिवमा रामजी परियार, कोषाध्यक्ष जुना नेपाली र उपसचिवमा प्रमिला सुनार चयन हुनुभएको छ।

मुक्ति समाज जिल्ला कमिटी धादिङका अध्यक्ष जित बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भुमि प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य ध्रुव विक,प्रदेश कमिटी सचिवालय सान्नानी परियार,नेपाल उत्पीडित मुक्ति समाज केन्द्रीय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कुमार विश्वकर्मा, मुक्ति समाजको केन्द्रीय सदस्य तथा धादिङका ईन्चार्ज एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिल बहादुर रम्तेल लगायतको आतिथ्यता रहेकोे थियो भने जनप्रतिनिधिहरु तथा एमाले धादिङका बिभिन्न तहका नेताहरु र बिभिन्न पालिकाका मुक्ति समाजको प्रतिनिधिहरु सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथि एमाले धादिङका अध्यक्ष त्रिपाठीले नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित आन्दोलनको नेतृत्व हाँकेको बताउनुभयो ।

मुक्ति समाजले जातीय विभेदबाट मुक्तिका लागि अझै धेरै काम गर्नुपर्ने उहाँको भनाई थियो । जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन त्रिपाठीले आग्रह गर्नुभयो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस