FLASH NEWS

२०५६ सालदेखि कक्षा ११ र १२ उत्तीर्ण गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २४, शनिबार (१ साल अघि)
  • ६३४

    Shares

२०५६ सालदेखि कक्षा ११ र १२ उत्तीर्ण गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

सरकारले विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ५६ सालदेखि हालसम्म फेल भएका विद्यार्थीहरुलाई पुन: परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

बोर्डले अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा  तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्याल ‘स्पन्दन’ ले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

प्रमुख सत्यालका अनुसार मौका परीक्षा दिन पाउने विद्यार्थीहरुले सम्बन्धित विद्यालयहरुमा परीक्षा फारम बुझाउन सक्नेछन ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस