FLASH NEWS

आज बागमती सहित यी प्रदेशमा पानी पर्ने सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक १९, सोमबार (१० महिना अघि)
  • २०५

    Shares

आज बागमती सहित यी  प्रदेशमा पानी पर्ने सम्भावना

धादिङ :   पहाडी र मधेशका केही भूभागमा सोमबार वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो भने देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बागमती र गण्डकीको पहाडी भूभागका केही, बाँकी पहाडी भेगका थोरै तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस