



















५१४
Shares
थाक्रे ,धादिङ : थाक्रे धादिङ केवलपुर महिला सानाकिसान कृषि सहकारी सस्था लि. को २२ औं वार्षिक साधारण सभा सम्पन्न



केवलपुर महिला सानाकिसान कृषि सहकारी सस्था लि. को २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
धादिङको थाक्रे गाउपलिका वडा नम्बर ९ पनडितपौवामा रहेको सानाकिसानले बिहिबार आफ्नो २२ औं वार्षिक साधारण सभा गरेको हो।

सँस्थाका अध्यक्ष अप्सरा अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम देखी आगामी निती तथा कार्यक्रमहरु उल्लेख गरिएको छ ।
१ हजार २ सय ९ जना शेयर सदस्य रहेको सँस्थामा २ करोड ३८ लाख ७२ हजार रुपैँया शेयर रकम रहेको छ । १० करोड ५२ लाख ३९ हजार २७७ रुपैँया निक्षेप मौज्दात रहेको सहकारीमा २६ करोड ७० लाख ४१ हजार ६०२ रुपैँया क्रृण लगानी भने २२ करोड ५९ लाख २७ हजार २६२ रुपैँया क्रृण असुली रहेको छ ।

सहकारीको आम्दानी ४ करोड ४ लाख ३८ हजार ७७३ रुपैँया रहेकोमा खर्च भने २ करोड ८८ लाख ८२ लाख ७७६ रुपैँया रहेको छ । यसवर्षका खुद नाफा १ करोड १५ लाख ५६ हजार ७ रुपैँया रहेको लेखा समिती सँयोजक रित भुजेलले बताउनु भयो ।

उक्त साधारणसभामा कार्यकुशलता तथा असल नेतृत्वशैलीका कारण सँस्थालाई राष्ट्रिय स्तरको उच्च मुल्याङ्कनमा राख्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सँस्थाका प्रवन्धक शुरेश कोईरालालाई प्रशँसा पत्र सहित सम्मान गरिएको छ । यस्तै उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरिएको छ ।

सभाका प्रमुख अतिथि एवं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले सभाको उद्घाटन गर्नुहुदै सस्थाको सफलताको शुभकामना समेत दिनु भयो। आचार्यले कार्यक्रममा बोल्नु हुदै सहकारी सरकारको एक अंग भएकोले सधै इमान्दारिताको साथ् काम गर्नु पर्ने र गरिरहेको पनि बताउनु भयो। उहाले आफ्ना हरेक समस्याहरु यहि सानाकिसान सहकारी बाट समाधान गर्न सक्ने बताउदै सबैले आ आफ्नो तर्फबाट कुन कामको लागि ऋण लागेको हो तेही काममा प्रयोग गर्न आग्रह समेत गर्नु भयो।

तेस्तै कार्यक्रमका विशिस्ट अतिथि एवं जिल्ला सहकारी संघ लि धादिङका अध्यक्षले पनि सफलताको शुभकामना दिनु हुदै सहकारीका बिभिन्न विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रमका अर्का विशिस्ट अतिथि एवं थाक्रे १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले कार्यक्रमको प्रगतिको शुभकामना दिनु हुदै स्थानिय सरकारले सहकारीलाई गर्ने काम र गरिरहेका सेवाको बारेमा जानकारी गराउनु भएको थियो।

सस्थाको अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षतामा भएको उक्त सभामा बिभिन्न सानाकिसान सहकारी,सहकारीका , बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,शियर सदस्य लगाएतको उपस्थिति रहेको थियो ।









