FLASH NEWS

रक्षाबन्धन गर्न सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त, सर्वसाधारणले साइत हेरिरहनु नपर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ भाद्र १, शनिबार (१ साल अघि)
  • ४४४

    Shares

रक्षाबन्धन गर्न सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त, सर्वसाधारणले साइत हेरिरहनु नपर्ने

१ भदौ, २०८१: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन कर्म गर्न सकिने जनाएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।

समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो।

भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनु भयो । त्यसैले शासनसत्तामा रहेकाका लागि १: ३१ बजेपछिको समय सुझाएको उहाले बताउनु भयो। सर्वसाधारणलाई भने असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने उनले जानकारी दिनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस