FLASH NEWS

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २४, सोमबार (१ साल अघि)
  • ३२८

    Shares

बागमती  प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

२४ असार ,२०८१:   नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले बागमतीमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छाडेको हो ।

प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहनु भएको थियो ।

मन्त्रीहरूले आज बिहान मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीले मुख्यमन्त्री कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाउनु भएको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस