FLASH NEWS

स्वार्थका निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक छ : अध्यक्ष नेपाल

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १६, आईतबार (१ साल अघि)
  • ३३४

    Shares

स्वार्थका निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक छ : अध्यक्ष नेपाल

१६ असार, २०८१:     नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताउनु भएको छ ।
आइतवार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले बिनापैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताउनु भयो । भ्रष्टाचार र बेथिति अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको नेपालले बताउनु भयो।

आफ्नो स्वार्थका निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताउदै उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्धन गर्न आवश्यक रहेको बताउनु भयो। उहाले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए। उनले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरूमा एकता र सहमति आवश्यक रहेको समेत बताउनु भयो।

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको समेत बताउनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस