FLASH NEWS

थाक्रेमा रोपाई महोत्सव सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १५, शनिबार (२ साल अघि)
  • ३४७

    Shares

थाक्रेमा रोपाई महोत्सव सम्पन्न

तस्विर : रामचन्द्र रुपाखेती

१५ असार,थाक्रे :    अखिल नेपाल किसान महाँसंघ, क्रान्तिकारी, थाक्रे गाउँसमिति द्धारा शनिबार थाक्रे गाउँपालिका वडा नबर ११ खहरे फाँटमा राष्ट्रिय धान दिवशको अवसरमा रोपाइँ महोत्सव तथा दहि चिउरा कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एबम् संविधान सभाका पुर्व सभासद चित्र बहादुर श्रेष्ठ, संङघीय संसद मिना लामा, भूमि आयेगका उपाध्यक्ष नहेन्द्र खड्का, थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा, वडा अध्यक्षहरु लगाएत विभिन्न पार्टी प्रतिनिधि, किसान, विद्यार्थी, शिक्षकहरुको सहभागितामा महिला बाजा सहितको बेठी, हिले नाचगान गरि परम्परागत असार १५ दहिचिउरा खाने परम्परा अनुसार दहिचिउरा खाने कार्यक्रमका साथमा रोपाई कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

किसानहरुको यो असार र साउन भनेको एउटा महत्वपुर्ण पर्व भएकोले असार १५ लाई हर्षोल्लास मनाउने र पछिल्लो पुस्तालाई पनि परम्परागतरुपमा रोपाई बेठी परम्पराको जानकारी दिने समेत उद्देश्यले कार्यक्रम आयोजना गरिएको अखिल नेपाल किसान महाँसंघ क्रान्तिकारी थाक्रेका अध्यक्ष अर्जुन ओझाले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस