FLASH NEWS

आज प्रतिनिधिसभाको बैठक बस्दै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)
  • २०७

    Shares

आज प्रतिनिधिसभाको बैठक बस्दै

२९ भाद्र, २०८०। आज प्रतिनिधिसभाको बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ।

संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। संविधान सभा अध्यक्ष एवं एमाले सांसद सुवास नेम्वाङको निधन भएपछि एक स्थान खाली भएको हो। बिहीबार बसेको बैठकले सांसद नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको संसद् सचिवालयले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस