FLASH NEWS

आजको मौसम यस्तो छ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
  • २९१

    Shares

आजको मौसम यस्तो छ

१२ भाद्र,  २०८० । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती,कोशी, मधेश प्रदेशमा मंगलबार सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस