FLASH NEWS

थाक्रेको राष्ट्रपति रनिङशिल्ड जनजागृति मा बिले जित्यो (सम्पूर्ण खेलको नतिजा समेत)

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ माघ २७, शुक्रबार (३ साल अघि)
  • १३४७

    Shares

थाक्रेको राष्ट्रपति रनिङशिल्ड जनजागृति मा बिले  जित्यो (सम्पूर्ण खेलको नतिजा समेत)

थाक्रे धादिङ।   धादिङको थाक्रे गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा थाक्रे ६ मा रहेको जनजागृति माबिले ११ स्वर्ण ४ रजत र १ कास्य सहित प्रथम हुन सफल भएको छ भने ५ स्वर्ण ३ रजत ४ कास्य सहित ज्योति मा बि द्धितीय भएको छ । तेस्तै ४ स्वर्ण ४ रजत ३ कास्य सहित केबलपुर हरिहर भोजकुमारी मा बि तृतीय भएको छ । आदर्श मा बि ले ३ स्वर्ण ४ रजत १ कास्य प्राप्त गरेको छ भने अमर्खु मा बिले २ स्वर्ण ३ रजत ३ कास्य प्राप्त गरेको छ। ब्लुमिङ लोटस  १ स्वर्ण ३ रजत १ कास्य , महाङ्कालेश्वारी मा बि १ स्वर्ण १ रजत ३ कास्य ,कालिका मा बि १ स्वर्ण २ रजत २ कास्य ,महाकाली तसर्पु मा बि १ स्वर्ण १ रजत ५ कास्य ,लिलाकाली मा बि १ स्वर्ण ,सेती देवी मबी २ रजत २ कास्य ,लिती महांकाल मा बि १ रजत ३ कास्य ,लाटिदेवी मा बीले १ कास्य प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष प्रताप सिं तामाङले खेलकुद को लागि जिल्लामा आफु लागिपरेर काम गरिरहेको बताउदै जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गलौदीमा आयोजना गरिने बताउनु भयो।

थाक्रे १० को दोभाने खेलमैदानमा भएको प्रतियोगिताको समापन कार्यक्रमका सभाअध्यक्ष तथा थाक्रे गाउपालिकका अध्यक्ष रामकुमार आचार्यले
थाक्रे भित्र रहेका विद्यालय हरुमा प्रत्येक हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलापहरु गर्ने गरेको र खेलक्षेत्रको लागि पालिकाले सक्दो सहयोग गरिरहेको बताउदै अझ नपुग भए पालिका सित बजेट माग गर्न विद्यालयका प्र अ हरुलाई आग्रह समेत गर्नु भयो।

पालिका भित्र रहेका १४ वटा विद्यालयका छात्रा र छात्र गरि ५ सय ८ जना विद्यार्थीहरु हसभागी रहेको प्रतियोगितामा ३० वटा विधामा खेलहरु खेलेका थिए ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस