FLASH NEWS

नेकपा एमालेको घरदैलो जारी,

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)
  • ३५८

    Shares

Post Thumbnail

नेकपा एमालेले घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत मंगलबार वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न गरेको एमालेले आज बुधबार वडा नम्वर ४, ५ र ७ मा घरदैलो अभियान सञ्चालन गरेको हो । घरदैलो अभियानको क्रममा मतदाताको घरघरमा पुग्दा मतदाताहरुले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए ।
घरदैलो अभियानमा नेकपा एमाले सघिंय निर्वाचन क्षेत्र नम्वर १ का उम्मेद्धार भुमि त्रिपाठी, प्रदेश निर्वाचान क्षेत्र १(१)का उम्मेद्धार रमेश आचार्य, नेकपा एमालेवाट वागमती प्रदेश सभा समानुपातिक तर्फका उम्मेद्धार उमा सिम्खडा, नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य नरेश खतिवडा लगायतका एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सभामा सम्वोधन गर्दै नेकपा एमाले सघिंय सांसदका उम्मेद्धार एंव पूर्व सांसद भुमि त्रिपाठीले नेकपा एमालेले मात्र राष्ट्रको रक्षा गर्न सक्ने वताउनुभयो ।
तेस्तै कार्यक्रममा वोल्दै नेकपा एमालेको तर्फवाट प्रदेश सभा १(१)मा उम्मेद्धार रहनुभएका रमेश आचार्यले युवाहरुको सहि रुपमा प्रतिनिधित्व गर्न सक्ने वताउदै त्यसको लागि एक मात्र लागि पर्ने पार्टि नेकपा एमाले भएकाले सुर्य चिन्हमा मतदान गर्न सवै मतदातामा अनुरोध गर्नुभयो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस