FLASH NEWS

राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १९, बिहिबार (२ घण्टा अघि)
  • २१

    Shares

राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै

काठमाडौं :   नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन (असर्फी) र चाँदी (मेडालियन)का सिक्का बिक्री सुरु गर्दैछ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दुई दिन सिक्का बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

एक व्यक्तिले २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्रामका तीन वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्नेछन्।

सुन–चाँदीको दैनिक बजार मूल्यका आधारमा सिक्काको मूल्य निर्धारण हुनेछ। सिक्का खरिद गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस