४५
Shares
धादिङ : सबिन बलको शब्द तथा संगीतमा तयार भएको नयाँ लोकदोहोरी गीत ‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ सार्वजनिक भएको छ।
लोक तथा दोहोरी क्षेत्रमा सक्रिय तथा दर्जनौँ गीतमा स्वर दिइसक्नुभएका गायिका रजनी लामा र गायक पुरुषोत्तम गैरेको स्वरमा रहेको उक्त गीत लोक चौतारी म्युजिक प्रालिको प्रस्तुति तथा व्यवस्थापनमा सोमबार सार्वजनिक गरिएको हो।
गीतले गाउँघरको परिवेश, मौलिकता, ग्रामीण जनजीवन र नेपाली समाजमा रहेको आपसी सम्बन्ध तथा रमाइलो पक्षलाई समेटेको छ। गीतकार तथा संगीतकार सबिन बलले गाउँघरको जीवनशैली र मौलिक परिवेशलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ।
गीतको भिडियोमा रजनी लामा र इन्द्र तामाङको अभिनय रहेको छ। ग्रामीण परिवेशमा छायांकन गरिएको भिडियोले गीतको भाव र कथालाई थप जीवन्त बनाएको छ। भिडियोमा गाउँघरको रहनसहन, वातावरण र नेपाली मौलिक संस्कृतिलाई समेत प्राथमिकता दिइएको छ।
गायिका रजनी लामाले गीतले गाउँघरको मौलिक परिवेश र जनजीवनलाई प्रतिनिधित्व गर्ने बताउँदै दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ।
‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत लोक चौतारी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
लोकदोहोरीको मौलिक स्वाद र गाउँघरको जीवनशैलीलाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली लोकसंगीतप्रेमी दर्शक–श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।



भिडियो हेर्नुहोस






