FLASH NEWS

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २४, शनिबार (१ साल अघि)
  • ४३५

    Shares

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

धादिङ :   आज देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति भने पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस