९०
Sharesविजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिनु भएको छ । शीतलनिवासमा शनिबार अपराह्न उहाले सर्वसाधारणलाई टीकाजमरा प्रदान गर्नु भएको हो।
दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाइदिएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।
विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन्। राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिले पनि निरन्तरता दिने गरेका छन्।