FLASH NEWS

बाढीले कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ आश्विन १४, सोमबार (१ साल अघि)
  • ७२७

    Shares

बाढीले कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

धादिङ :   बाढीले कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बाढीका कारण कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न निर्देशन दिनुभएको छ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।

बाढीले कृषि क्षेत्रमा के-कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको छ ।

वाढीले थुप्रै कृषि उपजहरुमा क्षती पुर्याएको सुनिएको र यसलाई सम्बोधन गर्न आवश्यक रहेको मन्त्री अधिकारीले बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस