FLASH NEWS


नेकपा माओवादी केन्द्र थाक्रे गाउँ संगठन समितिको अध्यक्षमा दयाराम कार्की चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ११, शुक्रबार (४ महिना अघि)
  • ३०८

    Shares

नेकपा माओवादी केन्द्र थाक्रे गाउँ संगठन समितिको अध्यक्षमा दयाराम कार्की  चयन

थाक्रे : नेकपा माओवादी केन्द्र थाक्रे गाउँ संगठन समितिको पुर्ण बैठक बाट सर्बसम्मत रुपमा दयाराम कार्की अध्यक्ष पदमा निर्बाचित हुनु भएको छ।

यस आघि थाक्रे गाउपालिकाको उपाध्यक्ष समेत रहनु भएका यन्त्र बाहादुर थापा (जिन्दगी) गाउँ संगठन समितिको अध्यक्षमा रहनु भएकोमा निर्वाचित जनप्रतिनिधिहरु प्रमुख कार्यकारि पदमा रहन नपाउने बिधान भयकोकारण सर्बसम्मत रुपमा कार्कीलाई अध्यक्ष पदमा चयन गरेको माओवादी केन्द्र थाक्रेले जनाएको छ।

अरु पदमा भने पुरानै यथावत गरिएको छ जसमा उपाध्यक्षमा बिकास बिक र गोपाल तामाङ (भुमि बहादुर) सचिबमा राजकुमार गरुङ , सहसचिब अशोक अधिकारी र कोषाध्यक्ष सावित्री सुवेदी नै रहनु भएको छ।
तेस्तै गाउँ कमिटीमा नया थप दुइजना सोम बाहादुर राई र मंगलि राईलाइ मनोनित गरिएको छ।

बिहिबार थाक्रे २ सिम्लेमा यन्त्र बहादुर थापा (जिन्दगी)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा बागमती प्रदेशको पुर्ब मुख्य मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता र पार्टि सचिब सुबोध लामिछने लगाएतको नेताहरुको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ओवादी केन्द्र थाक्रे गाउँ संगठन समितिका बिभिन्न पधाधिकारी र कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस