FLASH NEWS

नवलपरासीमा बस दुर्घटना, २३ जना घाइते

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
  • ३७६

    Shares

नवलपरासीमा बस दुर्घटना, २३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

काठमाडौंबाट भारतको राजस्थानजाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

बसमा कम्तीमा ४५ जना यात्रु सवार थिए। अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनु भयो । स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा घाइतेको उपचार भइरहेको उहाले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१५ घण्टा अघि

आज कानुन दिवस

खोजी गर्नुहोस