१४८
Sharesराजाराम डंगोल
धादिङ: यसवर्ष मनसुनजन्य घटनाबाट आज भदौ ३० गते सम्ममा २ सय ३९ जनाको मृृत्यु भएको छ ।
गत जेठ २८ गतेदेखि भदौ २२ गतेसम्म २ सय २५ जनाको मृत्यु भएको थियो भने पछिल्लो आठ दिनमा मात्रै १४ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रााधिकरणको तथ्यांक छ । यसअवधिमा ४९ जना मनसुनी घटनाहरु बाढी पहिरोमा परी बेपत्ता भएका छन् ।
२ सय ८४ जना घाइते भएका छन् । विपद् प्रभावित परिवार संख्या ४ हजार ६१५ रहेका प्राधिकरकणले जनाएको छ । गत वर्ष यही अवधिमा ८५ जनाको मृत्यु हुँदा २९ जना बेपत्ता थिए भने ६ हजार ३० परिरवार प्रभावित भएका थिए । यसवषै मनसुनजन्य घटनामा परी सबैभन्दा बढी बागमती प्रदेशमा ५७ जना र कम मधेशमा ५ जनाको ज्यान गएको छ । पहिरोमा परी सर्वाधिक १३५ जनाको मृत्यु भएको छ ।
यस्तै बाढीमा परी ४९ जना र चट््याङ लागेर ४० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । मनसुनजन्य विपदले यसवर्ष व्यक्तिगत घर २ सय ७२ वटा पुर्ण क्षति भएको छ भने १९७ घरमा आंशिक क्षति पुगेको छ । ९ विद्यालय, १० वटा पक्कीपुल, २० वटा झोलुङ्गे पुल र १० वटा जलविद्युत आयोजनामा विपदले क्षति पु¥याएको छ । नेपालमा अझै सक्रिय रहेको मनसुन सरदर मध्य असोजसम्म रहने छ । यस अवधिममा ससररदर वर्षा भन्दा ११० दशमलव ३ प्रतिशतले बढी वर्षा मापन भएको प्र्राधिकरणले जनाएको छ ।
सरदर वर्षा १२ सय २५ दशमलव १ मिलिमिटर रहेकोममा १३ सय ५१ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । पछिल्लो ९० दिनमा अन्य घटनाहरु आगलागी, जनावर आक्रमण, सर्पदंश लगायतबाट थप २५ जनाको मृत्यु भएको छ । प्राधिकरणको तथ्यांक अनुसार आगलाागीमा परी तीन, जनावर आक्रमण र लेक लागेर पाँचपाँच जना र सर्पदंशबाट १२ जनाको ज्यान गएको छ । यी घटनामा १६६ जना घाइते भएका छन् ।