FLASH NEWS

नेपाली काँग्रेस थाक्रे कार्यसमितिको कार्यालय मन्त्री श्रेष्ठ द्वारा उद्‌घाटन

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २, आईतबार (२ साल अघि)
  • ५८८

    Shares

नेपाली काँग्रेस थाक्रे कार्यसमितिको कार्यालय मन्त्री श्रेष्ठ द्वारा उद्‌घाटन

२ भदौ, थाक्रे :   नेपाली काँग्रेस थाक्रे गाउँपालिका कार्यसमितिको कार्यालय उद्‌घाटन गरिएको छ।
शनिबार एक कार्यक्रमको आयोजना गरि धादिङको थाक्रे गाउपालिका ६ महादेवबेसीमा   बागमती प्रदेश सरकारका  मन्त्री मदु कुमार श्रेष्ठले  कार्यालय उद्‌घाटन गर्नु भएको हो।

यस्तै कार्यालय उद्‌घाटन कै क्रममा नव नियुक्त बागमती प्रदेश सरकारका मन्त्री मदु कुमार श्रेष्ठलाई बधाई तथा शुभकामना  दिइएको  नेपाली काँग्रेस थाक्रे गाउँपालिका वडा नम्बर ११ का सभापति  सुदर्शन पाण्डेले टोलटोलको खबर डट कम लाई जानकारी दिनु भयो।
कार्यक्रममा बोल्नु हुँदै मन्त्री मदु कुमार श्रेष्ठले  थाक्रेको विकासको लागि स्थानीय जनप्रतिनिधिहरू सित समन्वय गरि आफूले सक्ने काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

आफूले विगतका दिनहरूमा पनि सकेको काम गरिरहेको र अब मन्त्री बनिसके पछि पनि नागरिक हरूको सुझाब अनुरूप काम गर्ने बताउँदै उहाले आफू सँधै जनताको सेवामै लागेको बताउनु भयो।   उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता हरूको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस