FLASH NEWS


महादेवबेशी चौकिमा १ महिने अँखा परिक्षण शिविर सुरु

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण २२, मंगलबार (२ महिना अघि)
  • २९५

    Shares

महादेवबेशी चौकिमा १ महिने अँखा परिक्षण शिविर सुरु

२२ साउन , थाक्रे :  थाक्रे गाउँपालिका ६ मा रेहेको महादेवबेशी स्वास्थ्य चौकीमा  १ महिने निशुल्क आँखा परिक्षण शिविर सुरु भएको छ।

तिलगंगा आँखा अस्पताल र धादिङ आँखा अस्पताल को सहयोगमा १ महिने निशुल्क आँखा परिक्षण सुरु गरिएको थाक्रे ६ का वडा अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र) ले टोलटोलको खबरलाई जानकारी दिनु भयो।

थाक्रे गाउँपालिका भित्र रहेका नागरिक हरुको  प्रत्यक्ष सरोकार र समस्या लाई मध्येनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा यस स्वास्थ्य चौकी बाटै आँखा सम्बन्धि सम्पूर्ण  सेवा र सुबिधा दिने उदेश्यका साथ सोमबार बाट निशुल्क रुपमा आँखा परिक्षाण कार्यक्रम सुरु गरियको  पनि टोलटोलको खबरसीताको कुराकानीमा बताउनु भयो ।

म यश स्वास्थ्य चौकी क‍ो अध्यक्ष रहँदा यी र यस्ता जनमुखि काम हरु गरिरहने बाचा गर्दै निकट भबिष्यमै तपाईं जनता हरुको सेवा लाई मध्ये नजर गर्दै यश स्वास्थ्य चौकी बाट नसा , हाड जोर्नि मसल सम्बन्धि र अन्या रोगको लागि  थर्मल थेरापि सेवा उपलब्ध गराउने प्रतिबद्धता ब्याक्त गर्दछु थापाले  भन्नु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस