FLASH NEWS

बागमतीका मुख्यमन्त्री लामाले लिनु भयो पद तथा गोपनीयताको शपथ, मन्त्रीपरिषद विस्तार आझै गरियो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ९, बुधबार (२ साल अघि)
  • ४४३

    Shares

बागमतीका मुख्यमन्त्री लामाले लिनु भयो पद तथा गोपनीयताको शपथ, मन्त्रीपरिषद विस्तार आझै गरियो

९ साउन ,२०८१:    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो।

यसैबिच मुख्यमन्त्री लामाले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । मंगलबार मुख्यमन्त्री नियुक्त हुनु भएका लामाले एमालेबाट ६ र कांग्रेसबाट ३ गरी ९ जनालाई मन्त्री नियुक्त गर्नु भएको छ। नवनियुक्त मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात रहनु भएको छ , यस्तै नेपाली कांग्रेसका तर्फबाट मधु श्रेष्ठ,कुन्दनराज काफ्ले र श्याम खड्कालाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस