४५
Shares३ साउन ,धादिङ: जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको १ सय ९० बेवारिसे सवारी साधन लिलामी गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मातहत प्रहरी कार्यालयहरुमा नियन्त्रणमा रहेको स्वामित्व नखुलेका सवारी साधनहरुको सरकारी सम्पती तथा जिन्सी माल सामान लिलाम विक्री सम्बन्धी कार्यविधि २०७९ बमोजिम जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुमा रहेको चोरी तथा वेवारिसे सवारी साधनहरुको अभिलेख अध्यावधिक गरी १ सय ९० थान मोटरसाईकल तथा स्कुटरहरुको लिलामी गरिएको हो ।
मोटरसाईकल तथा स्कुटरहरुको विवरण जिल्ला प्रहरी कार्यालय धादिङ मार्फत् सर्वसाधारणहरुले देख्ने गरी विभिन्न सार्वजनिक स्थान लगायत पत्रिका समेतमा १५ दिने हक दाबीको सुचना दुई पटक प्रकाशन गरिएकोमा हक दाबी गर्न कोही सम्पर्कमा नआएकोले जेठ ३१ ग्ते बोलपत्र आव्हान गरी लिलामी गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
लिलामीका लागि विभिन्न ५ वटा बोलपत्र फारम भरेकोमा समित स्क्रव सेन्टर सानेपा ललितपुरले भ्याट बाहेक ७ लाख ९१ हजारमा मुल्याङ्कन समितिबाट बोलकबोल स्विकृत भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । मुद्दामा रहेको मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन । लिलामीमा लगिएको मोटरसाईकल र स्कुटर पुरानो नम्बरमा प्रयोग गर्न नपाइने जनाएको छ ।