FLASH NEWS

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै , यस्तो छ कार्यसूची

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २५, मंगलबार (२ साल अघि)
  • ३८४

    Shares

प्रतिनिधिसभाको  बैठक आज पनि बस्दै , यस्तो छ कार्यसूची

२५ असार, २०८१ :   प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुने कार्यसूची पनि रहेको छ।

कार्यसूची

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस