FLASH NEWS

देशभर पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २४, सोमबार (२ साल अघि)
  • ४६९

    Shares

देशभर पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

२४ असार ,२०८१:   देशभर पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसवर्ष १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म त्यसको ३८ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको हो ।

गएको वर्ष असार २४ सम्ममा देशभर ४२ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो । गएको वर्ष १४ लाख ९६ हजार सात सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेकोमा असार २४ गतेसम्ममा छ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो वर्ष लगातारको झरीका कारण रोपाइँ प्रभावित भएको कृषि विभागका सूचना अधिकारी एवम् वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंले जानकारी दिनु भयो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस