FLASH NEWS

देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना, उच्च सर्तकता अपनाउन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २३, आईतबार (९ महिना अघि)
  • ११४

    Shares

देशका बिभिन्न स्थानमा  भारी वर्षाको सम्भावना, उच्च सर्तकता अपनाउन

२३ असार ,२०८१ : अहिले नेपालका विभिन्न जिल्लामा पनि पानी परिरहेको छ । लगातारकोवर्षा सँगै महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गरेको छ ।

डडेलधुरा, बर्दिया, बाँके, स्याङजा, चितवन, धनकुटा, सुनसरीसहित विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पाल्पा, पर्वत, दाङ, नवलपरासीलगायतका जिल्लामा पनि ठूलो पानी परिरहेको छ । लगातार पानी परिरहेका तथा जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसमविद्को आग्रह छ ।

शनिबार पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा भारि वर्षा भएको थियो । नदी तथा खोलाखहरेमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न ठाउँमा झरी कायमै रहने जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस